Thursday, January 29, 2015

पहाडसँग डराइरहेका नेम्वाङ



कवि श्रवण मुकारुङले मौखिक इतिहासको एक झलक सुनाए । विहारको सुपौल, त्रिवेणीगन्जमा भोजपुरबाट गएका राईहरूको बसोबास रहेछ । पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानताका गोर्खाली फौजबाट लखेटिएका राईहरू त्यहाँ पुगेर बसोबास गरेको तथ्य मौखिक इतिहासमा सुरक्षित भेटियो । कवि मुकारुङ त्यहाँ पुग्दा छक्कै परे । मैथिली बोल्ने, भेषभूषा पनि मैथिल, हाउभाउ र जीवनशैली पनि मैथिल, तर उनीहरूको समाजमा राई किरात संस्कृतिका केही विशेषता भने अझै जीवित रहेछन् ।
उहिले एकपटक त्यहाँका राईहरू पुख्र्यौली थलो खोज्न हिँडेछन् । मैथिली जीवनशैलीमा पूर्णतः ढलिसकेका मानिसहरू जब अजंगको पहाड अघिल्तिर पुगे, उनीहरू डराए । पहाड चढ्न खोजे, चिप्लिएर लडे । समथर फाँटमा हुर्केका उनीहरू पहाडमा हिँड्न नजानेपछि पल्ट्याङबाजी खाएर यसै फर्किए । पुख्र्यौली थलोको मिथकलाई खुला आँखाले नहेरी उनीहरू फिर्ता भए ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पछिल्लो रूपले तिनै राईहरूको सम्झना गराउँछ, जो पहाडसँग डराएर फर्केका थिए । चिटिक्क, सुकिला र हेन्डसम छन्, नेम्वाङ । पञ्चायतकालमा विद्यार्थी आन्दोलनमा लागेका, ०३६ सालपछि वकालत गरेर सफल वकिल बनेका, एमालेको अल्पमत सरकारका कानुनमन्त्री र दुइटै संस्करणका संविधानसभामा सभाध्यक्षको पदमा पुगेका 'सफल' राजनीतिकर्मी हुन्, नेम्वाङ । पञ्चायतकालीन न्यायाधीश बाबुको विरासतसमेत थामेका नेम्वाङलाई कानुनका नौ सिङ हुन्छन् भन्ने पनि थाहा छ । त्यसैले भीषण राजनीतिक ध्रुवीकरणको बीचमा उनले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने खेलको पहिलो मोहरा
फ्याँके । प्रतिपक्षको अवरोधका बाबजुद उनले प्रश्नावली समिति पारित गराए र संविधानसभालाई कानुनी कुटिलतामा छिराए ।
अहिले नेम्वाङ विवादमा परेका छन् । पहिलो संविधानसभा विघटन हुँदाको उनको भूमिका र अहिले सत्तापक्षको हठलाई शिरोधार्य गर्ने उनको कदमको तुलना गर्दा नेम्वाङ सभाध्यक्षको हैसियतसँगै डराइरहेझैं देखिन्छन् । पुख्र्यौली थलोसम्म पुग्न नसकेका ती अज्ञात मानिसहरूझैं नेम्वाङ पनि आफैं अध्यक्ष रहेको संविधानसभारूपी पहाडसँग डराइरहेका त होइनन् ?

बदलिँदो समाजको मानचित्र
नेम्वाङलाई राम्रोसँग थाहा छ, अढाई सय वर्षको इतिहासमा पहिलोपटक नेपालमा राज्य पुनर्संरचनाको मुद्दा उठेको छ । अन्तरिम संविधान २०६३ ले राज्यको चरित्र विभेदकारी छ, यो चरित्र बदल्नुपर्छ भनेर स्वीकार गरेको छ । सात सालदेखि सुरु भएको राज्यको चरित्र बदल्ने राजनीतिक अभियानले पहिलोपटक स्पष्ट मानचित्र बनाएको छ । यसबीच धेरै सशस्त्र, निशस्त्र विद्रोह र आन्दोलनहरू हुनुको गुह्य तत्त्व पनि राज्य सबैको साझा भएन भन्ने नै हो । त्यसैले राज्यको चरित्र बदल्नकै लागि संविधानसभाको जन्म भयो र सभाध्यक्ष भए, नेम्वाङ ।
सिद्धान्ततः सभाध्यक्ष तटस्थ हुन्छ । तर राज्यको चरित्र बदल्ने भीषण संघर्षमा कोही पनि तटस्थ हुनसक्दैन । त्यसैले पहिलो संविधानसभा विघटन हुँदा नेम्वाङले बैठकै बोलाएनन् । अहिले बहुमतिय प्रक्रियाबाट संविधान जारी गर्न नेम्वाङ सभाध्यक्ष पदको दुरूपयोग गरिरहेका छन् । यस्तो असंगत भूमिकामा उनी किन देखिए ? यसको जवाफ खोज्न किन राज्यको चरित्र बदल्नुपर्ने भएको हो, त्यसको जवाफ खोज्नुपर्छ ।
राज्यको चरित्र किन विभेदकारी भयो ? किनभने यसले राणाकालदेखि संस्थागत भएको जातिवादी सिद्धान्तको विरासत बोकेको छ । समुदायको हिसाबले उच्च जातको बर्चस्व स्थापित छ । अर्थराजनीतिक हिसाबले उच्च जातको पनि सीमित परिवार र केही खान्दानका मानिसहरू नै शक्तिशाली छन् । उनैले मात्र फाइदा पाउने हिसाबले यहाँको अर्थतन्त्र र राजनीतिक व्यवस्था चलेको छ । त्यसैले अधिकांश जनसंख्या राज्यको मूलधारभन्दा बाहिर परेको छ । शिक्षा, स्वास्थ्य, स्थानीय सत्ता सबैतिर जनजाति, दलित, महिलाजस्ता समुदाय सिमान्तकृत छन् । विभाजित मानसिकतामा हुर्केको समाजले सामुहिक प्रयत्नमा पुँजी निर्माण वा रचनात्मक 'व्यक्ति' निर्माण गर्न सकेन ।
के नयाँ संविधानमार्फत यस्तो राज्य बनाउन सकिन्छ, जसलाई समाजलाई जुझारु बनाओस् ? प्रा. पिताम्बर शर्मा भन्छन्- 'सकिन्छ, तर राज्यमा जनताको प्रत्यक्ष पहुँच स्थापना गरेर मात्र ।' पहिचान भनेको जातीय, क्षेत्रीय, सामुदायिक आदि विभेदलाई सम्बोधन गर्ने औजार हो । तर यो नामको कुरामात्र होइन, प्रादेशिक र स्थानीय सत्तामा विविध समुदायको पहुँच पुर्‍याउने र नयाँ राज्य निर्माणमा जुट्ने अवसर प्रदान गर्ने अवधारणा हो । नयाँ राजनीतिक व्यवस्थाले नयाँ सामाजिक, आर्थिक वातावरण बनाउँछ, अनि त्यसैले मान्छे र समाजको चरित्र बदल्छ । तर त्यसरी राज्य पुनर्संरचना गर्न किन सबै पक्ष तयार छैनन् ?
नेम्वाङले देखाएको पक्षधरता यहींनेर प्रस्ट हुन्छ । लिम्बु समुदायका सदस्य हुँदाहुँदै पनि नेम्वाङ सम्भ्रान्त परिवारमा हुर्किए । त्यसैले अरु बेला सहमतिको सादा कुरा गरेर पन्छिँदा-पन्छिँदै पनि निर्णायक क्षणमा उनी सत्ताधारी अनुहारमा प्रकट भए । उनी भन्न सक्छन- संक्रमणकाल लम्बिएका कारण विकास अवरुद्ध भयो, त्यसैले संविधान जारी गरिहाल्नु जरुरी छ । एकथरी विकास सिद्धान्तका अनुयायीले यसो भनिरहेकै छन् । तर उनीहरूको विकास सिद्धान्त पञ्चायतकालीन छ । मेरी डेसेनको एउटा लेख 'इन द नेम अफ विकास' यहाँ सान्दर्भिक हुन्छ । डेसेनले पञ्चायतकालमा उरालिएको विकासको नारा कसरी काठमाडौंका केही सम्भ्रान्त खान्दान, व्यापारी र विकासको तथ्यांक केलाउने तथा योजना बनाउने विलासी बुद्धिजीवीको मात्र फाइदामा पुगेर टुंगियो भन्ने राम्रो व्याख्या गरेकी छन् । बहुदलकालमा त्यसैलाई निरन्तरता दिइयो र झन् त्यसमा खुल्ला बजार अर्थनीति थपेर अराजक अर्थतन्त्र निर्माण गरियो । परिणामस्वरूप आत्मनिर्भर अर्थतन्त्र बनाउने कुरा हावामहल जस्तो भयो र मुलुक दाताहरूको क्रीडास्थलमा परिणत भयो । अर्कोतिर बजार सर्वथा मनपरीतन्त्रमा चलेको छ ।
यसर्थ राज्यस्तरमा विभेदलाई संस्थागत गरेर केही कुलिनको हातमा राज्यको स्रोतसाधन एकलौटी हुनु नै चालु विकास सिद्धान्तको मर्म हो । त्यसैले यसले ठूला परियोजना, बाटो, बिजुलीको गफमात्र बेच्यो, तर जनताको शक्तिलाई चिनेन । जनतालाई अज्ञानी, अविकसित तथ्यांकको अंकमात्र बनायो । फलस्वरूप न राष्ट्रिय पुँजी निर्माण भयो, न जनताको उत्पादकत्व र ज्ञानको उपयोग गर्न सक्यो । यही कुलिनतन्त्रको राजनीतिक अभिव्यक्ति एकात्मक शासन प्रणाली हो ।
चाहिएको फगत विकास होइन, प्रगति हो । प्रगतिका दुई पहलु छन् । एक, जनताको बौद्धिक, सामाजिक प्रगतिमार्फत रचनात्मक, उद्यमी र नयाँ सोचको आविष्कार गर्न सक्ने समाज । दुई, जनताको प्रगतिमा समाहित हुँदै राज्यले गर्ने र गर्न प्रेरित गर्न भौतिक विकास । यी दुई चिज मिलेर मात्र कुनै पनि देश प्रगतिको बाटो हिँड्न सक्छ । यस्तो प्रगति हासिल गर्न समाज सर्वप्रथम परम्परागत विभेदको जञ्जालबाट मुक्त हुनुपर्छ । सम्पूर्ण जनताको हात र बुद्धि एकै ठाउँमा नमिसाई कुनै मुलुक बन्दैन । त्यसैले हिजोसँग बानी परेको विचार र आजसँग आदत बसेको दिनचर्यामा खोजेर नेम्वाङले भोलिको बाटो भेट्ने छैनन् ।

राष्ट्रपतिको नक्सा कदम
लेखक/पत्रकार किशोर नेपाल भन्छन्- वाग्मतीको पानी पिएपछि नियत बदलिन बेरै लाग्दैन । वाग्मतीको पानी पिउनुको मतलब हो, काठमाडौंमा परम्परादेखि चलिआएको शासनको चरित्र घुट्याउनु । विद्रोह र आन्दोलनको बाटो हुँदै वाग्मतीको पानी पिउन काठमाडौं आइपुग्ने प्रत्येकजसो नेता वा राजनीतिकर्मीलाई परम्परागत शासनले नै पिइदिएको इतिहास छ, हाम्रो । चलनचल्तीको शासनमै पानी पिउने कर्मचारी, बुद्धिजीवी, धनवान, ज्ञानवान सबैको चरित्र काठमाडौंले कायापलट गरिदिएको छ । माओवादीहरूलाई पनि लगभग पिइसकेको छ, वाग्मतीले । केवल राज्य पुनर्संरचनाको मुद्दामा माओवादी धिकिर-धिकिर बाँचेको छ ।
के वाग्मतीको पानी अझै उस्तै शक्तिशाली छ ? के केही कर्ता, अभियन्ता र विद्रोहीहरूलाई पिएर राज्यको परम्परागत चरित्र बचाउन सक्छ, वाग्मतीले ? अब त्यसोचाहिँ सम्भव छैन । वाग्मती स्वयम् यति निरीह भैसकेको छ कि यसलाई केपी ओलीले पनि बचाउन सक्ने सम्भावना छैन । किशोर नेपालकै पुस्तक 'शक्तिको अवतरण' पढ्दा थाहा हुन्छ- माओवादी विद्रोहले गाउँ-गाउँबाट सम्भ्रान्त सत्ताको चरित्र बदलिसकेको छ । शक्ति मात्र अवतरण भएर माथिबाट तल पुगेको होइन, तलका जनतालाई बलियो बनाउने विचार शक्तिशाली भैसकेको छ ।
गणतन्त्र घोषित हुनु वास्तविक गणतन्त्र बन्नु होइन । सम्भ्रान्त सत्ताले राजा गुमाए पनि शक्ति गुमाइसकेको छैन । त्यही पुरानो सत्ताको चरित्रले कांग्रेस-एमालेमा भेदन गरेको छ । त्यसैको चरित्रले संक्रमणकाललाई बेलाबेला 'वाइल्ड पोलिटिक्स'मा फँसाएको छ । कहिले सेनापति आफ्नो सीमाबाट बाहिर निस्केर 'वाइल्ड प्ले' गर्छन्, कहिले राष्ट्रपति संवैधानिक दायराबाट फुत्केर हाहाकार गर्छन् । कहिले संविधानसभाको आयु तोक्न सर्वोच्च अदालत राजनीतिक मैदानमा उत्रन्छ, कहिले प्रधानन्यायाधीश एकैपटक प्रधानमन्त्री बन्छन् । अहिले राष्ट्रपतिकै नक्सा कदममा हिँड्न सभाध्यक्ष नेम्वाङ लागेका छन् ।
अहिले संकट परेको राजनीतिमा होइन, सत्ताको पुरानो चरित्रमा हो । परम्परागत सत्ताको शक्ति र वाग्मतीको पानीमा उस्तै तागत छ । त्यसले कानुन्ची तर्क बनाउँछ र अराजक खेल खेल्छ । त्यसैले राष्ट्रपतिको नक्सा कदममा चल्ने नेम्वाङको हठ अराजकताको निम्तो हो । यस्तो लाग्छ, सभाध्यक्ष नेम्वाङ आफैं संविधानसभासँगै डराइरहेका छन् । तर शक्तिको अवतरण भने भैसकेको छ । संविधानसभाभित्र राज्यको चरित्र बदल्ने अभियानले एउटा निष्कर्ष पाएन भने यो अराजक खेल तल समाजमा जाने निश्चित छ ।
वाग्मतीको पानीमा यति शक्ति त अझै बाँकी छ कि नेम्वाङलाई अचानक शक्तिशाली भएको भ्रम दिइरहोस् । तर काठमाडौंमा प्रदूषित भएको वाग्मती ताम्सालिङ हुँदै बगेर मधेस पुग्दामात्र सफा हुने दृष्टान्तलाई उनले ख्याल गर्न आवश्यक छ । अहिले पुरानो सत्ता पुरै मक्किसकेको छ र नयाँ सत्ताको रचना नभए अनेकन विद्रोहको ज्वारभाटा उठ्ने प्रस्ट संकेतहरू देखिन्छन् । नेम्वाङचाहिँ वाग्मतीको नशामा झुमिरहने हो र आफैंले प्रतिनिधित्व गर्ने संविधानसभाको वास्तविक सपनासँग डराउने हो भने पुरै मुलुक अराजक खेलमा पुग्नेछ । काठमाडौंको शक्तिखेलमा बानी परेका नेम्वाङ त्रिवेणीगन्जका अज्ञात राईहरूझैं पहाडसँग डराएर रित्तै हात फर्किनेछन् ।

यसरी एउटा स्वतन्त्र राष्ट्र विश्व मानचित्रबाट सदाको लागि हरायो

mainphoto
काजी लेन्दुप दोर्जेहरूको कुनै देश हुदैन – आनंद स्वरूप वर्मा
सिक्किम अचानक एकै दिनमा भारतमा विलय भएको थिएन। सिक्किमको भारतमा विलय योजनावद्ध र लामो प्रयत्नबाट भएको हो। जनादेश बोकेका र जनताको मन जितेका भनिएका नेताहरू तथा राजनीतिक दलहरूको सहयोगबाट नै सिक्किमको भारतमा विलय सम्भव भएको भुक्तभोगी स्वीकार्छन्। सिक्किमको भारतमा विलयको परिघटना बुझ्नसके अहिलेको देशको राजनीतिक अवस्था र यसले जन्माएको राष्ट्रियताको संवेदनशीलतालाई परख्न सहज हुनेछ। इतिहास भैसकेको विषयलाई यसैकारण उधिन्ने कोसिस गरिएको हो।
सन् १९४७ मा स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू नेतृत्वको मन्त्रिमण्डलको बैठकमा तत्कालीन गृह मन्त्री सरदार बल्लभभाइ पटेलले राजा रजौटाहरूको उन्मुलन गरी भारतमा विलय गर्ने सिलसिलामा हिमाली स्वतन्त्र राष्ट्रहरू नेपाल, सिक्किम र भुटानसमेत भारतमा गाभ्ने प्रस्ताव पेश गरेका थिए। तत्कालीन अवस्थामा त्यो प्रस्ताव कार्यान्वयन सम्भव नभए पनि कालान्तरमा त्यै प्रस्ताव अन्तर्गत  सिक्किमलार्इ भारतमा विलय गरिएको विषय अब इतिहास भइसकेको छ।

१९४७ मा भारत स्वतन्त्र भएसँगै सिक्किममा पनि राजनीतिक गतिविधिले गति लिन थालेको थियो। त्यसबेला सिक्किममा सिक्किम स्टेट काङ्ग्रेस, नेसनल पार्टी र राज्य प्रजा सम्मेलन नाम गरेका राजनीतिक दलहरू सक्रिय थिए। ती राजनीतिक दलका गतिविधिलाई भारतले भरपुर सहयोग गरिरहेको थियो।

भारतको उक्साहटमा सिक्किम स्टेट काङ्ग्रेसले सिक्किममा प्रजातन्त्र स्थापना गर्न भनेर मे दिवस १९४९ का दिन आन्दोलनको सुरूवात गर्‍यो। तर, यो आन्दोलन भारत सरकार र सिक्किमका राजाबीचको सम्झौतामा गएर टुङ्गियो। विडम्वना यही सम्झौता सँगै भारतले सिक्किमको अशान्ति, अव्यवस्था र कमजोर राष्ट्रियताको फाइदा उठाउँदै प्रत्यक्ष हस्तक्षेप थाल्यो। भारत सरकारले तत्कालै संविधान निर्माण, अन्य प्रशासनिक र राजनीतिक सहयोग गर्ने नाममा भारतीय निजामती सेवाका जोन लाललाई ११ अगस्ट १९४९ मा सिक्किम पठायो। यसैबीच २० मार्च १९५० मा भारतको परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत् सिक्किम भारतको एउटा संरक्षित राज्यको रूपमा रहने सहमति भइसकेको सार्वजनिक गर्‍यो।

भारत सरकारको यस्तो अमर्यादित कुराको विरोधमा सिक्किमका राष्ट्रवादीहरू आक्रोशित भए र विरोधमा अग्रसर हुन थाले। यो विषय भारत सरकारलाई असैह्य भयो। सिक्किमेली जनताको राष्ट्रवादी अभियानलाई मथ्थर पार्न विभिन्न प्रपञ्च रच्न थालियो।

त्यही प्रपञ्च अन्तर्गत भारत सरकारले सिक्किमेली जनताबीच लोकप्रिय तथा प्रभावशाली छवि बनाएका सिक्किम स्टेट काङ्ग्रेसका नेता लेण्डुप दोर्जे खाङ्सार्पालाई भित्रभित्र हात लिएर गोटीको रूपमा अघि सार्‍यो।

नेपाली भाषी युवा नेता नरबहादुर भण्डारी*लार्इ समेत लेण्डुप दोर्जेलाई साथ दिन भारतले तयार पारेपछि  राष्ट्रवादीहरूलार्इ  एक्ल्याउन र  सिक्किमेली राष्ट्रवाद विरुद्धमा जनमत सृजनाको लागि सहज वातावरण तयार भयो।

तर, भारत सरकारको जति प्रयत्न भए पनि १५ अगस्ट १९६८ भारतको स्वतन्त्र दिवसकै दिन हस्तक्षेपको विरोधमा सिक्किममा विरोध प्रदर्शन आयोजना भयो। तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७० मा भारतको विरोधमा यस्ता गतिविधि बढाए नराम्रो हुने चेतावनी सिक्किमका राजालाई दिइन्।

भारतले सिक्किमको राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन विभिन्न बहानामा लेण्डुप दोर्जे लगायतका नेतामार्फत् जनतालाई उकास्ने क्रम बढाए। अन्य नेता, कार्यकर्तालाई पद तथा आर्थिक प्रलोभनको जालमा पारी उपयोग गर्ने भारत खुलेरै लाग्यो।

भारतको सम्पूर्ण सहयोग र उक्साहटमा ४ अप्रिल १९७३ का दिन लेण्डुपको नेतृत्वमा सिक्किमभरि तनाव फैलाउने काम भयो। लेण्डुपको नेतृत्वमा सिक्किमको चारवटा जिल्ला मागन, गान्तोक, नाम्ची र गेजिङबाट भेला भएका 'कथित' आन्दोलनकारीलाई ध्वंसात्मक कार्यमा उतारियो। यता लेण्डुपको नेतृत्वमा ध्वंसात्मक आन्दोलन चलिरहेको मेसोमा सिक्किमको सुरक्षाको नाममा भारतीय ब्रिगेड डिभ र जनरल कोरकाको कमाण्डमा सेना र सेन्ट्रल रिजर्भ फोर्सका जवान सिक्किम छिरिसकेका थिए।

अन्ततः भारतकै पहलमा ८ मे १९७३ का दिन राजा, जनप्रतिनिधि र भारत सरकारका प्रतिनिधिबीच त्रिपक्षीय सम्झौता हस्ताक्षर भयो। यसरी भारत कै उक्साहटमा लेण्डुपको नेतृत्वमा चलेको कथित जनआआन्दोलन भारत समेतको त्रिपक्षीय सम्झौतामा समाप्त पारियो। त्रिपक्षीय सम्झौताको एउटा बुँदामा, प्रजातान्त्रिक संविधानमार्फत् सिक्किममा पूर्ण उत्तरदायी सरकारको स्थापना गर्ने भन्ने उल्लेख थियो।

भारतीय गोटीका रूपमा परिचालित लेण्डुपको सिक्किम काङ्ग्रेसको स्थिति सिक्किममा बलियो भएको र चुनावमा अत्याधिक बहुमतका साथ जित्ने निश्चित भएपछि इन्दिरा गान्धीले सिक्किममा तत्कालै र जसरी हुन्छ संविधानसभाको निर्वाचन सम्पन्न गर्ने आदेश दिइन्।

संविधानसभाको निर्वाचनको सम्पूर्ण तयारी सम्पर्क र समन्वय, निर्वाचन क्षेत्रको सीमाना तर्जुमा, मतदाताको नामावली संशोधन, संविधानसभाको सदस्यको सिट संख्या निर्धारण, क्षेत्र निर्धारण जस्ता निर्वाचनका आधारभूत कुराहरू लगायतका सबै कार्य भारतले पठाएका पोलिटिकल अफिसर र प्रमुख प्रशासकको अगुवाइमा सम्पन्न गरियो। संविधानसभाको सदस्यहरूको सिट संख्या लेप्चा र भोटेका लागि १५ स्थान, नेपाली भाषीका लागि १५ स्थान, दलितका लागि १ स्थान र लामाहरूका लागि १ स्थान गरी जम्मा ३२ स्थानको तोक्नेसमेत भारतले पठाएका तीनै पोलिटिकल अफिसर र प्रमुख प्रशासकले गरे।

निर्वाचनका लागि सबै अधारभूत कार्य सम्पन्न भइसकेपछि अप्रिल १९७४ मा निर्वाचन को मिति तय गरियो। अनि निर्वाचन प्रयोजनका लागि भनेर निर्वाचन आयुक्त, चारजना मतदान अधिकृत र अन्य सय जना कर्मचारी भारतले सिक्किम पठायो।

निर्धारित समयमा निर्वाचन सम्पन्न भयो। निर्वाचनमा योजना मुताबिक नै नतिजा प्राप्त पनि भयो। लेण्डुपले नेतृत्व गरेको सिक्किम काङ्ग्रेस पार्टीले निर्वाचनमा ३१ स्थानमा विजयी पायो भने कालजाङ ग्याछोको नेसनल पार्टीलाई जम्मा एक स्थान हात हात लाग्यो। सबै कुरा यस्तो योजनाबद्ध तरिकाले सम्पन्न गरियो कि राजा लगायत कसैले पनि निर्वाचनमा धाँधली र अनियमिता भएको आरोप लगाउन सकेनन्।
यो संविधानसभा त दुनियालाई देखाउनु मात्र थियो। वास्तविक संविधान त भारतीयद्वारा भारतमै तयार पारिएको थियो। नयाँ सम्वैधानिक व्यवस्था अनुसार सबैभन्दा ठूलो दल काङ्ग्रेस पार्टीका नेता लेण्डुप दोर्जे खाङ्सार्पा सिक्किमका प्रधानमन्त्री चुनिए।

१० अप्रिल १९७५ मा सिक्किम विधानसभाको बैठक बस्यो। बैठकमा प्रधानमन्त्री लेण्डुप दोर्जे खाङ्सार्पाले नै सिक्किमलाई भारतमा विलय गर्ने ठाडो प्रस्ताव राखे। उक्त प्रस्तावको पक्षमा लेण्डुपको पार्टी सिक्किम काङ्ग्रेसका ३१ सभासद् सदस्यहरूले समर्थन गरे भने प्रस्तावको विपक्षमा नेसनल पार्टीका १ जना सभासद् सदस्य कालजाङ ग्याछोले मात्र भए।

यै निर्णयको अधारमा अप्रिल महिनाभित्रै भारतीय सेना खुलारूपमा सिक्किमको भूमिमा प्रवेश गर्‍यो र राजा चोग्याललाई नजरबन्दमा राखी गान्तोकलाई आफ्नो कब्जामा लियो। भारतीय सेनाले दुई दिनभित्र सम्पूर्ण सिक्किम राज्यलाई आफ्नो नियन्त्रणमा लिइसकेको थियो।

यसपछि भारतले सिक्किममा एउटा जनमत संग्रहको नाटक मञ्चन गर्‍यो। जसमा सिक्किमका ५९ प्रतिशत जनताले मात्र भाग लिएका थिए। भारतबाट प्रायोजित जनमत संग्रहमा ९७.५ प्रतिशत मतदाताहरूले सिक्किमलाई भारतीय गणराज्यमा समावेश गर्नेमा मत प्रकट गरे। यही निहुँमा जनमत संग्रह सम्पन्न भएको केही हप्तापछि नै अर्थात १६ मे १९७५ का दिन एउटा सार्वभौम तथा स्वतन्त्र राष्ट्र सिक्किमलाई औपचारिक रूपमा भारतीय गणराज्यको २२ औं प्रदेश घोषणा गरियो। एउटा स्वतन्त्र राष्ट्र विश्व मानचित्रबाट सदाको लागि हरायो।

ठीकै हो, वस्तवमा यस्ता राष्ट्रघातीहरू लेन्दुप दोर्जेहरूको कुनै देश हुँदैन। यिनीहरूको उदय र अस्तको कुनै समय सीमा पनि हुँदैन। यस्ता मान्छेहरू कुनै पनि समयमा, कुनै पनि रूपमा कुनै पनि देशमा प्रकट हुन सक्छन्।
सुभाषचन्द्र देवकोटा - 17th January 2015 | ३ माघ २०७१
(*सच्याइएको : यसअघि नरबहादुर खतिवडा लेखिएको थियो। यो गलत थियो। सही नरबहादुर भण्डारी हो।)

Sunday, January 25, 2015

प्रतिक्रान्ति भयो, हामी जनतामा गएर प्रतिवाद गर्छौँः प्रचण्ड

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले १२ बुँदे समझदारीदेखि सुरु भएको सहमतीय राजनीतिक यात्रा उल्लंघन गरेर सत्तारुढ दलहरुले प्रतिक्रान्ति गरेको आरोप लगाएका छन्। सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ सीमित दलको प्रवक्ता बनेको र प्रतिक्रान्तिको कलंकको टिका लगाएको प्रचण्डले बताए।

'विगतमा भएका सहमति, वृहद् शान्ति सम्झौता र अन्तरिम संविधानको मर्ममा प्रहार भएको छ। सिंगो मुलुकलाई दुईवटा कित्तामा विभाजन गरिएको छ', सभाध्यक्ष नेम्वाङले प्रश्नावली समिति गठनको प्रस्ताव बहुमतबाट पारित भएको घोषणा गरेपछि अध्यक्ष प्रचण्डले पत्रकारसँग भने, 'सभाध्यक्ष एउटा पार्टीको प्रवक्ता बनेका छन्।'

एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले कांग्रेस एमालेको प्रस्ताव सभाध्यक्ष नेम्वाङले लगेमा पदको गरिमा र तटस्थता नरहने भन्दै नेम्वाङलाई सचे‍त गराएको थियो। एमाओवादी अध्यक्ष र नेता डा. बाबुराम भट्टराईले शनिबार नेम्वाङलाई भेटेर सहमतिका लागि अझै केही दिन पर्खन आग्रह गरेका थिए।

संविधानसभाको म्याद अझै तीन वर्ष बाँकी रहेका बेला नियम कानुन मिचेर गरिएको एकपक्षीय कार्यको परिणाम राम्रो नहुने प्रचण्डले चेतावनी दिए।

अघिल्लो संविधानसभामा आफूसँग बहुमत सदस्यको हस्ताक्षर रहँदा भाग्ने नेम्वाङ केही दलको प्रवक्ता बनेको उनले आरोप लगाए।

सभाध्यक्षले दिएको पाँच दिनको कुनै अर्थ नभएको प्रचण्डले बताए। विगतका जनयुद्ध र जनआन्दोलनका घाइते तथा सहिदको मर्ममा कांग्रेस एमालेले प्रहार गरेको प्रचण्डले बताए।  - See more at: http://www.pahilopost.com/content/-2027.html#sthash.BymZI52P.bNvfYjYF.dpuf

प्रतिक्रान्ति भयो, हामी जनतामा गएर प्रतिवाद गर्छौँः प्रचण्ड

mainphoto
3
 
24
 
0
 
0
 
काठमाडौं : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले १२ बुँदे समझदारीदेखि सुरु भएको सहमतीय राजनीतिक यात्रा उल्लंघन गरेर सत्तारुढ दलहरुले प्रतिक्रान्ति गरेको आरोप लगाएका छन्। सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ सीमित दलको प्रवक्ता बनेको र प्रतिक्रान्तिको कलंकको टिका लगाएको प्रचण्डले बताए।

'विगतमा भएका सहमति, वृहद् शान्ति सम्झौता र अन्तरिम संविधानको मर्ममा प्रहार भएको छ। सिंगो मुलुकलाई दुईवटा कित्तामा विभाजन गरिएको छ', सभाध्यक्ष नेम्वाङले प्रश्नावली समिति गठनको प्रस्ताव बहुमतबाट पारित भएको घोषणा गरेपछि अध्यक्ष प्रचण्डले पत्रकारसँग भने, 'सभाध्यक्ष एउटा पार्टीको प्रवक्ता बनेका छन्।'

एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले कांग्रेस एमालेको प्रस्ताव सभाध्यक्ष नेम्वाङले लगेमा पदको गरिमा र तटस्थता नरहने भन्दै नेम्वाङलाई सचे‍त गराएको थियो। एमाओवादी अध्यक्ष र नेता डा. बाबुराम भट्टराईले शनिबार नेम्वाङलाई भेटेर सहमतिका लागि अझै केही दिन पर्खन आग्रह गरेका थिए।

संविधानसभाको म्याद अझै तीन वर्ष बाँकी रहेका बेला नियम कानुन मिचेर गरिएको एकपक्षीय कार्यको परिणाम राम्रो नहुने प्रचण्डले चेतावनी दिए।

अघिल्लो संविधानसभामा आफूसँग बहुमत सदस्यको हस्ताक्षर रहँदा भाग्ने नेम्वाङ केही दलको प्रवक्ता बनेको उनले आरोप लगाए।

सभाध्यक्षले दिएको पाँच दिनको कुनै अर्थ नभएको प्रचण्डले बताए। विगतका जनयुद्ध र जनआन्दोलनका घाइते तथा सहिदको मर्ममा कांग्रेस एमालेले प्रहार गरेको प्रचण्डले बताए। 
- See more at: http://www.pahilopost.com/content/-2027.html#sthash.BymZI52P.bNvfYjYF.dpuf

Thursday, January 22, 2015

धर्मधातु बिहार, थंम्बही, बिक्रमशिल महाविहार l

धर्मधातु बिहार, थंम्बही, बिक्रमशिल महाविहार
दामोदर प्रसाद प्रधान, थम्वही, विक्रमशिल महाविहार, नेपाल मण्डल l
थौकन्ह्य् फोर्ट म्याक्मुर्रे, अल्बेर्ता, क्यानाडा वसोवास !

भिक्षुपिन्त एकान्त थासय् मन यकाग्रयाना अध्ययन अध्यापन यायगु नितिँ लिच्छबी जुजुपिन्सं देशंपिने, बस्तीं तापाक्क बाहाबहि:त दयका बिज्यागु अलय् पुलाङ्गु द्ये:गत जिर्णोद्धार यानाबिज्यागु थ्यासफू सिलापत्र अध्ययन यायेबल्य् खन्ह्येदु:। थोह्येझोलय् पुलांगु धर्मधातुबिहार (थम्वहीया पुलाङ्गु नां) सावाभुमी (थौंकन्ह्य् या सामाखुशी) धयागु थासय् दुगु जुयाच्वन । सामाखुशी बा:वोया धर्मधातुबिहार बरोबर मर्मत यायेमाला चोँगु जुयाच्वोन, कालान्तरे खुशी बा:वोया बिहार बामलाक्क स्यंगु जुया ताजाथाय् ल्ह्यया न्हुगु देग दयेकुगु जुल्:। ताजाथासय् दयेकुगुजुया न्हुगु नां थंम्बही स्वन्हगुजुल्:।
ईसवी संवत् १०१२ सं भिक्षु दिपंकर श्रृजना (अतीसा तिब्यत बिज्याय न्ह्यवया नां) उगु वखतय आपालं नांजाम्हः धर्मगुरू धर्मकिर्ती नापलाना बौद्ध धर्म दर्शन अध्ययन यायत सुवर्णब्दिप विज्यावलय्, नेपा:मी (सायद नेवा:तः जुयमा) बंञ्जाल तयगु डोङ्गा च्वना रत्नाकर समुद्र पारयाना बिज्यागू: खं बिध्दान भाजु दिक्लीयरज्यू न्ह्यथना बिज्यागू:दु । थुगु हिसाबं स्वयबल्ये द्वोच्छी न्ह्यव निस्सें नेपामींतः बहुमुल्य रत्नया ब्यापार यायेतः रत्नाकर समुद्र पारयाना सुवर्णब्दिप (लुंया खानिया द्ये - सुमात्रा) वनीगु चलन दुगू धापू प्रमाणित जूव:ल्: ।
११औं शताब्दी द्वोच्छी न्ह्यवनिस्सें इन्दोनेशीया (जाभा, सुमात्रा) बौद्ध धर्म दर्शन यानितीं साबहे प्रख्यात जुगुजुया भिक्षु दिपंकर श्रृजना सुमात्रा बिज्यागू खन्ह्यदत्:।
तिब्यतया जुजुनं बुद्धधर्म प्रचार व न्हुगु तबरन धर्मया परिमार्जन यायनितिं ईसवी संवत् १०४० सं (ने.सं. १६१) नालन्दा विश्र्वबिद्यालयया प्राचार्य भिक्षु दिपंकर श्रृजनायात बिशेष अनुरोध यानाबिज्यागु जुया वोसपोल तिब्यत बिज्यागु ख:। वोसपोल तिब्यत बिज्या न्ह्यवो धर्मधातु बिहारसं (थंबहीया पुलाङ्गु नां) नेपाल मण्डल दच्छी (ने.सं. १६१/१६२) च्वनाबिज्यागु खन्ह्यदु । नेपा:च्वना बिज्यावल्ये न्हिन्हिसं सर्गतं नौया आभा बिहारया दत्थुइ लागुखना वोसपोलं उगुथासय छगु तुयुगु चैत्य दयका बिज्याना बिहारया न्हुगु नां बिक्रमशिल महाबिहार स्वना बिज्यात्:।दच्छी मयाक्क थुगु बिहारसं च्वोनाविज्याना वोस्पोलं छगु अमुल्यगु ग्रन्थ "चर्या संग्रह प्रदिप" रचना याना बिज्यागु व छगु तुयुगु चैत्य दयकाविज्यागु खं वोसपोलया शिष्य ब्रोम्प्तनजुं ल्हास्सा बिज्याबलेया यात्रा विवरणय न्ह्यथना दिईगुदु:। 
(थ्व चैत्य अझनं बिहार दुन्यसं दनी !)
भिक्षु दिपंकर् श्रृजना नेपा: बिज्याना थुगु थंम्बही (थौंकन्ह्य् या बिहार) च्वना बिज्यागुबलय् न्हुगु देग: दयेकुगु जुयाच्वोगु जुईमा, अथेजूगु जुया वोसपोलं थंम्बही दय्कबिज्यागु धका न्ह्यथना तगुनं खन्ह्यदु:।
विद्वान भाजू शरतचन्दजू यागु धापु ख:तं नेपा:या जुजुयात किसी बिया भिक्षु दिपंकर श्रृजना थंवही दयकेत गुहालियायत आज्ञायाना बिज्यागु खन्ह्यदत:।
दिपंकर श्रृजना दच्छी यंङ्कनं धयाथें धर्मधातु बिहारसं (थंबहीया पुलाङ्गु नां) च्व:ना बिज्यागु जुसां वोसपोलयागु जिबनी व यात्रा बर्णन गन्ह:नं सिम्हल शार्थबाहा व थंमबहि दुगु लुंआँखनं च्वयातगु सहश्र प्रज्ञापारमिता सफू:यागु बर्णन मदुखतं स्व:यबलय् सिम्हल सार्थबाहाआजु दिपंकर श्रृजना लिपा धयागु खन्ह्यदत्:। थुगुकथं बिचायाना स्व:यबलय् उगुवखतय बिक्रमशिल महाबाहिर, थम्बही उली नांजागु खन्ह्येमदया वल्:।
ई.सं. ११९३ - ११९७ सं मुस्मातयसं नालन्दा विश्र्वबिद्यालय व: विहारत: धोस्तजुयक स्यंक्का बिउगु व: भिक्षुपिन्त कसा विउगुजुया, विद्वान भिक्षुपीं व: अनुयापीं अमुल्यगु ग्रन्थज्व:ना थायथासं बिज्यागु जुल्, थ्वोह्यझोलय् स्व:निगया थिथी विहारसं विद्वान भिक्षुपीं बिज्यागु जुया नेपाल मण्डलय् बुध्दधर्म या प्रचार जुगुजुल्:। आतक्क लुयावगु रन्जना लिपिं च्व:यातगु दक्कसिब्ये पुलांगु सफू प्रज्ञापारमिता बंगालया जुजु मणिपालया शासन कालय् (ई.सं.१०२०) यागु लुया वगुदु, थुगु हिसावं स्व:लधासा रन्जना लिपिया उद्गमस्थल बंगाल धाह्येमा ! ठुगुह्ये ईलय् नेवा: साहित्य विधाय् रन्जना लिपिं छ्यलेगुज्या जुगु खन्ह्येदुगु जुया रन्जना लिपि १२ गु शताब्दि पाख्ये नेपा:द्ये दुहां वगु धाह्येमा! 
संस्कृत व बुद्ध धर्म दर्शन अध्ययन यायत् तिब्यत व मेमेगु देशं विद्वानपिं थंबही न्हापांनिशें वोयाच्वोंगु जुया, थंबही स्व:निगले यक्कोहे नांजागु विहार जुयाच्वोंन।
१३ रौं शताब्दी पाखे नालंदा विश्र्वबिद्यालय, विक्रमशिल विहार या नांजाम्ह बिद्वान भिक्षु धर्मश्री बुद्धधर्म दर्शन अध्ययन यायत थंबही बिज्यागु जुया वोसपोलं थंबहिया न्हुगुनां विक्रमशिल महाविहार स्वनाबिज्यागु जुईमा ! 

सन्दर्भ ग्रन्थ धलपौ (सुची): -
1) भुबन लाल प्रधान २०४७: ८८ - काठमाडौं उपत्यकाका केहि सांस्कृतिक छिर्कामिर्का
2) "Atisha was able to visit Suvarnadwip (Sumatra) in a boat owned by people from Nepal."
Buddhism in Practice 1995: 532-540; Donald S Lopez Jr. (ed.) "Atisha's Journey to Sumatra" by Hubert Declare.
Dharmadhatu Bihar was named Vikramshila Mahavihar by the great Pandit Dipankar Shrijana, it is also known as the Simhala Sarthabahu Bihar **Brief Encyclopedia of Buddhism in Nepal- Harischandra Lal Singh Ratna Pustak Bhandar 2006: 272)
3) Lord Atisha in Nepal: The Tham Bahil and the Five Stupa's Foundations according to the ‘Bromston Itinerary” in Journal of the Nepal Research Centre, vol. X, pp. 27-54.
Popular Buddhist Texts from Nepal Narratives and Rituals of Newar Buddhism Todd T. Lewis Translations in Collaboration with Subarna Man Tuladhar and Labh Ratna Tuladhar 2000:190 3)
Atisa in Thambahi - Das, Sarad Chandra Indian Pandits in the land of Snow (Reprint 1965: 75-77)
This white stupa is still existing inside the Bikramshila Mahabihar (Thambahi).
4) Vikramshila Mahabihar, Thambahi was founded by Atisha (1040)
Snellgrove 2002: 377, Indo Tibetan Buddhism: Indian Buddhist and their Successors
Dharmadhatu Bihar was named Vikramshila Mahavihar by the great Pandit Dipankar Shrijana, it is also known as the Simhalasarthabahu Bihar. Harischandra Lal Singh: Brief Encyclopedia of Buddhism in Nepal, Ratna Pustak Bhandar 2006: 272
5) While in Nepal he composed his work Carya Samgra Pradipa. This rather small book of only sixty six stanzas (slokas) communicated in simple lucid language the basic principles of Buddhism. Atisha Dipankar Srijnan: Eye of Asia Mr. Deba Priya Barua.
In 1859 German Scholar Koppen, highlighted Atisha with the translation of Carya Sangra Pradipa and Bodhi Palha Pradip (66 Stanzas) written in Sanskrit by Atisha while he was in Nepal (1041 – 1042AD).
Declare, Hubert 1996. "Lord Atisha in Nepal: The Tham Bahil and the Five Stupas" Foundations according to the 'Bromston Itinerary" Journal of the Nepal Research Centre, Vol. X, pp. 27-54.
6) Moreover the king of Nepal caused his son to be ordained as a monk by Atisha under the name of Devendra. He also sent 100 horsemen with Atisha and the Prince to escort them up to the shores of the lake Mapham (Mansarovara). Atisha presented his own elephant to the king of Nepal with a request that he should build a Vihar, called Than Vihar, in return for the value of the beautiful elephant. "Atisha also is said to have established Vikramshila Mahavihar (the white Chaitya inside this vihar and the five Chaitya in Panchamane, north of Kathmandu) and did spent a year studying the Buddhist philosophy. Indian Pundits in the land of Snow by Sir Sarat Chandra Dass 1893 (Reprint 2004) Page 74
Atisha Dipankar Srijnan: Eye of Asia Mr. Deba Priya Barua "While in Nepal he composed his work Carya Samgra Pradipa". This rather small book of only sixty six stanzas (slokas) communicated in simple lucid language the basic principles of Buddhism thoughts.
Atisha also is said to have established this vihar constructing a white stupa and five small stupas in the north side of  Kathmandu Valley (Panchmane) and did spent a year studying the Buddhist philosophical teaching. Declare, Hubert 1996.
"Lord Atisha in Nepal: The Tham Bahil and the Five Stupas Foundations" according to the 'Bromston Itinerary" Journal of the Nepal Research Centre, Vol. X, pp. 27-54.24)
Atisha’s arrival in Nepal by Hubert Declare "Lord Atisha in Nepal", Journal of Nepal Research Center Volume X page 27-54; 1997)
7) The oldest Prajnaparamita manuscript (written during the period of Manipaldeva the king of Bengal (1020 AD) from the collection of Cambridge University is written in Ranjana script, highlights the origin of Ranjana Script from India. (From the collection of Indian Art Museum, Berlin –Dr. Regmi, Dinesh Chandra, Purlekhana Paricaya VS 2048/ 1991 An introduction to Nepalese Paleography - in Nepali -Page 102).
8) Bajracharya, Purna Harsh 1979: 61-64 "Than Bahil: An ancient center for Sanskrit study" Indologica Taurinesia, Vol. 7, The International Association of the Sanskrit Studies.
9) Dharmashri Mitra, a renowned scholar from Vikramshil Vihar, Nalanda, India is believed to visit Nepal for advance study in Buddhism and Sanskrit in the early 13 th Century. He did study in Thambahil, which clearly indicates the high importance of Thambahil and the similarity of the name Vikramshil indicates the name might have been given by him “Traditional Architecture of Kathmandu Valley" by Wolfgang Korn, Ratna Pustak Bhandar, 1976 (Text by Purna Harsha Bajracharya).
a new statement for new constitution of Nepal is needed