Friday, August 14, 2015



bandipur   

चेहरेबाट बलिउडमा कमव्याक गर्दै मनिषा

२०७२ साउन २९ 
Manisha-Koirala
काठमाडाैं । ढल्कँदो उमेरका बाबजुद बलिउडमा फर्किन संघर्षरत छिन् अभिनत्री मनिषा कोइराला । क्यान्सरसितको लडाई जितेपछि उनले अभिनय गरेको हिन्दी फिल्म ‘चेहरे’ चाँडै रिलिज हुँदै छ । फिल्ममा मनिषाका समकालिन अभिनेता जैकी श्राफ पनि देखिने छन् ।
यो फिल्मको अधिकांश दृष्य लण्डनमा र बाँकी भारतमा सुटिङ गरिएको छ । आफ्नो नयाँ फिल्मको विशेषताका बारेमा मनिषा भन्छिन्, ‘यो फिल्म रंगीन र श्यामश्वेत दुवै छ । यसले दर्शकलाई फरक अनुभव गराउने छ ।’
मनिषाका अनुसार ३०, ४० र ५० को दशकको सिनेमा देखाउनका लागि श्यामश्वेत दृष्यहरु राखिएको हो । रंगीन दृष्यहरु लण्डनमा र श्यामश्वेत दृष्यहरु भारतमा छायांकन गरिएका थिए । आउँदो २८ अगष्टमा रिलिज हुने यो फिल्ममा जैकी र मनिषाका अलावा दिव्या दत्ता र गुलशन ग्रोवरले पनि खेलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कुनै समय बलिउडकी एक स्थापित अभिनेत्री मनिषाले सौदागर, बम्बे, १९४२ अ लभ स्टोरी, अग्नीसाक्षी जस्ता सुपरहिट फिल्महरुमा काम गरेकी थिइन् । नयाँ अभिनेत्रीहरुको आगमनसँगै बलिउडबाट विस्थापित भएकी मनिषाले नेपाल आएर सम्राट दाहालसित विवाह गरिन् । तर, उनको वैवाहिक जीवन सफल हुन सकेन ।
श्रीमानसित छुट्टएिपछि बलिउडमा फर्केर उनले एउटा फिल्म गरेकी थिइन् । रामगोपाल बर्मा निर्देशित फिल्म भुत रिटर्न्सले उनलाई बलिउडमा रिटर्न गराउन सकेन । फिल्म सुपरफ्लप भयो । त्यसलगत्तै उनलाई क्यान्सरले समात्यो ।
अमेरिकामा उपचारपछि क्यान्सरमुक्त भएर उनी